Monday, 2 September 2013

''गजलका ''थुँगाहरु"

समुन्द्रपारी भएपनि तिम्रै माया लाग्छनी सानु ।।
म यता भएनी तिम्रै मायाले मन तान्छनी सानु ।।

मेरी काली दिनभरी काम अनि रातमा तिम्रो याद 

आउछ र यो मन तिम्रै लागी खुशी माग्छनी सानु ।।

बाध्यतामा तिमी देखी टादा भएपनी मेरो माया ।।

त्यही प्यारो जन्मभुमी अनी तिमीमा जान्छनी सानु ।।

पिडै पिडाले भरिएको जिवन जलिरहको मुटु ।।

दुखेको घाउ सरी तिम्रै यादमा पाक्छनी सानु ।।

म गलीरहेको छ तिम्रै चोली गुनिया अनी मायामा

म यता भएपनी मन तिमीतिर लान्छनी सानु ।।

गजलकार,,,

कान्छीबजार स्याङजा

अन्जान श्रेष्ठ अभागी 
कान्छीबजार स्याङजा

''गजलका थुँगाहरु''

लाग्छ मलाई बेग्लै , अरुको भन्दा आफ्नो घर 
मान्छे – मान्छे हामीमा , त्यसैले त हुन्न भर 

 फरक हुन्छ विचार , सम्भव हुँदैन नारिनु 
थाहा छ हामी सबैको , हुन्न एउटै रहर 

 बाटो अलग – अलग , गन्तव्य बेग्ला – बेग्लै 
जिन्दगीका पाटो फरक , हुन्न सँगै सफर 

 घाउ एउटै देखेपनि , ओखती फरक होला 
यस्तै लाग्छ मलाई , हुन्न एउटै असर 

 तिमीपनि पिउँछौ होला , आफू पनि पिउँछु 
तिमीले र मैले पिउने , हुन्न एउटै जहर ।

गजलकार,,,
manandhar.abhagi

मानन्धर अभागी ।

Saturday, 24 August 2013

गजल भाग~६

सम्झनामा तड्पी-तड्पी बच्नु पर्दो रै'छ जीवन|
बेदनाले मुटु चिर-चिर परि जल्नु पर्दो रै'छ जीवन |||

हासो खुशी जति सुखै मा'मोता रमाई नि.........?

बेदनाका आनयासैमा ढाल्नु पर्दो रै'छ जीवन |

सम्झनामा तड्पी-तड्पी बच्नु पर्दो रै'छ जीवन | 

बेदनाले मुटु चिर-चिर परि जल्नु पर्दो रै'छ जीवन |

फुल्दा-फुल्दै ओइलिएर झर्नु पर्दो रै'छ जीवन |

रितो यो छाती'भित्र कति लुकाउनु पीडाहरु......?

बगाउनु भन्थ्यौ आशु तर खिउदै पिउनु पर्दो रै'छ,

मनभरी पिडा बोकी बाध्यातमा जिउनु पर्दो रै'छ जीवन |

सम्झनामा तड्पी-तड्पी बच्नु पर्दो रै'छ जीवन |

बेदनाले मुटु चिर-चिर परि जल्नु पर्दो रै'छ जीवन |||

हासो खुशी जति सुखै मा'मोता रमाई नि.........?

बेदनाका आनयासैमा ढाल्नु पर्दो रै'छ जीवन....||||

ओखाल्दुंगे सागर

 बर्नालु-४

गजल भाग~५

क्षितिज पारि भए पनि माया लाग्छ नि साथी, नजाऊन खुशीका आशाहरु साटेर नि साथी मिठा रचना हुदा रमाइलो लाग्छ नि साथी, भुल भए पनि साथी कै,याद आउछ नि साथी छुटे पनि आउलान् आशहरु बोकी नि साथी, सागर बिछोड भए नि साथी बिच्ली हुन्न नि साथी ।।। मनमा पहिरो गयो कसले'पो देखि दिन्छर,
आखा बाट आशु बग्दा कसले'पो देखि दिन्छर,
मनमा पहिरो गयो कसले'पो देखि दिन्छर,

धोका खाई हिड्दा-हिड्दै ढले कसले'पो देखि दिन्छर,
मायाबाट फाटिएर गए कसले'पो देखि दिन्छर,
मनमा पहिरो गयो कसले'पो देखि दिन्छर,

टाडा भईन  बोलाउन खोज्दा-खोज्दै कसले'पो देखि दिन्छर
मुटु चुडाई लगी निस्ठुरिले कसले'पो देखि दिन्छर,
मनमा पहिरो गयो कसले'पो देखि दिन्छर,
आखा बाट आशु बग्दा कसले'पो देखि दिन्छर,

सागर शेर्पा
ओखलढुङ्गा बर्नालु-४
हाल: मलेसिया
फोन: +६०१६९९५८३९१

गजल भाग~५

पाइनु'पायो दु:ख कष्ट आज विदेशीमा !!
कति गाली सराप'भोगे आज विदेशीमा !! 

कस्तो भाग्य रै'छ मेरो जीवनमा सरापको, 

भारी भोकी चल्नु पर्ने आज विदेशीमा...!! 

 पाइनु'पायो दु:ख कष्ट आज विदेशीमा !! 

कति गाली सराप'भोगे आज विदेशीमा !! 

 घरबारी बन्दगी राखी हिडे'आज विदेशीमा ! 

सोच्दा भोको पेट पल्न गाह्रो आज विदेशीमा !!

 कसरी फर्किनु आज साउको ऋण नतिरी, 

भन्थ्यौ विदेशीमा स्वच्छ जीवन.......!!!!! 

 पाइनु'पायो दु:ख कष्ट आज विदेशीमा ! 

कति गाली सराप'भोगे आज विदेशीमा !! 

ओखाल्दुंगे सागर 
युटू  youtube

okhaldhunga
बर्नालु-४ Barnalu-4

Thursday, 11 April 2013

गजलका थुँगाहरु श्रृंखला - ४


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU 
"अर्जुन पौडेलको परिकल्पनामा"
गजलका थुँगाहरु श्रृंखला -४
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायासफुच्ची जमुना
मिति : (२०६९-१२-२८)
Facebook Page

नमस्कार साथीहरु, आज मिति २०६९-१२-२८ हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र २५ ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Friday, 29 March 2013

गजलका थुँगाहरु भाग ३


यो हाम्रो चोखोमाया समयको गति अनुसार बगीरहेक छ प्रिय तिम्रो र मेरो प्रेम सबैको भावनाका आधारमा गुन्जिरहेक छ प्रिय,तिम्रो पनि अबश्य नै प्रेममा आधारित छ प्रिय,तिम्रो र मेरो चोखोमाया प्रेम देखेर कसै-कसैलाई गिर्न नहोस् यो हाम्रो चोखोमाया प्रति अबश्य नै रहेको छ प्रिय,
बेदनले चिर चिर पर्दा,मेरो मुटु धड्किएर मेरो मन खिम्ना हुन् लाग्छ,तर तिम्रो पनि सिमलको गुवा जस्तै चोखोमायामा आधारित छ प्रिय,
तर तिमी बिना अबश्य नै यो प्रेम रहन्छ अह रहँदैन,त्यसैले तिमी नभए मेरो जीवन सडकको बघरको ढुगा जस्तै हुन्छ प्रिय,आऊ प्रिय हाम्रो चोखोमायाको यो रिदय सबैको दुनियाँलाई जित्ने हतियार हो प्रिय,तिम्रो पनि चोखोमायामा के कमी छ र,प्रिय,
तर हामी एक भागौलिक दुरी देखि नै माया प्रेम गर्दै आएन प्रिय,हाम्रो दुई मुटुको चोखो प्रेममा,के नै रहन्छ,र प्रिय आऊ,हाम्रो साझ चौतारीका गजलका थुँगामा मनका भावना बिसाउ,प्रिय तर तिमीलाई दिने त अबश्य हिरामोती त अबश्य नै छैन,प्रिय,हाम्रो दुई कोमलका बिच रहेका चोखोमाया रहेछन्,प्रिय,तर तिमीलाई पाउने म बघरको ढुगा सरि टुक्रा टुक्रा भईन प्रिय,
आऊ प्रिय दिनमा पनि तिमी नै छ,रातमा पनि तिमी नै छ प्रिय,
तर तिमी छल्किएर,यो मुटुभरी धड्किएर रहन्छन् प्रिय,तर तिमी नभए यो चोखो प्रेम रहन्छ,अह ,रहँदैन,यो सुगन्धित फुल जस्तै केहि दिनमा ओलिएर,जाने प्रेम होइन,हाम्रो जन्म देखि सयौं जन्म सम्म रहने चोखो प्रेम हो प्रिय,
तर तिर्खा लाग्दा पनि पिउनु कुनै भुल होइन,मन पर्दा माया लगानु कुनै भुल होइन,प्रिय,त्यसैले हाम्रो मायामा अमर ,छ अचम्बरी रहेका छन्,प्रिय,
आऊ प्रिय हाम्रो प्रेम माहान् छ प्रिय हामी एक अर्का देखि पर्खिरहन्छ मेरी प्रिय तिम्रो पनि कुनै प्रेम माहान् देखेर,हाम्रो भावनाको घडीमा मिलन रहँदै छ प्रिय,
आऊ प्रिय हाम्रा सफलताको शिखर बन्न मेरी प्रिय,त्यही रहन्छन् भावनाको मिलन रहदै छु प्रिय..................................!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
ओखाल्दुंगे सागर