Monday, 2 September 2013

''गजलका थुँगाहरु''

लाग्छ मलाई बेग्लै , अरुको भन्दा आफ्नो घर 
मान्छे – मान्छे हामीमा , त्यसैले त हुन्न भर 

 फरक हुन्छ विचार , सम्भव हुँदैन नारिनु 
थाहा छ हामी सबैको , हुन्न एउटै रहर 

 बाटो अलग – अलग , गन्तव्य बेग्ला – बेग्लै 
जिन्दगीका पाटो फरक , हुन्न सँगै सफर 

 घाउ एउटै देखेपनि , ओखती फरक होला 
यस्तै लाग्छ मलाई , हुन्न एउटै असर 

 तिमीपनि पिउँछौ होला , आफू पनि पिउँछु 
तिमीले र मैले पिउने , हुन्न एउटै जहर ।

गजलकार,,,
manandhar.abhagi

मानन्धर अभागी ।

No comments:

Post a Comment