Monday, 25 March 2013

गजलकार,@डी.एस .पि .अर्जुन  जाँदा जाँदै अन्तिम सास, मेरो कोही रुकाउनु 
केही अझै भन्नुछ खास, बात थोरै फुकाउनु
।। १ ।।
था'छ सुन्न सक्दिनौ कठै, मुटु अती कोमल छ 
बिन्ती तर काठोर बन्दै, सुन्ने आँट जुटाउनु 
।। २ ।।
अहँ यदी रुन्छेउ तिमी, भन्नु छैन मलाई भो 
भन्छु भन्छु भन्दैमा त्यो, बात कती लुकाउनु 
।। ३ ।।
फेरी किन रसिला झन, आत्मा मेरो तड्पिनेछ 
प्रिय आँशु नझार्नु ति, आँखा भित्रै सुकाउनु 
।। ४ ।।
पुष्प छर लाशमा बरु, स्वर्ग बास हुनेछु म 
सक्छौ मात्र प्रथाना गर, शिर तल झुकाउनु 
।। ५ ।।
हिँजो जहाँँ कसम जती, खायौँ हामी दुबैले जो 
मर्छु माफि बाँच्दिन म, नसक्ने भएँ चुकाउनु 

।।६।।

डि.एस.पि. अर्जुन

No comments:

Post a Comment